
काठमाडौं ।
धादिङको गल्छी गाउँपालिका-७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् ।
आज विहान नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु.प्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर एक एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन् ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् ।
दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्