
रामेछाप ।
गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए ।
सकेसम्म आज रातभर काम गरेर राति नै सडक खुलाउने नभए पनि भोलि दिउँसोसम्म सडक खुल्ने उनले बताए । ‘हामीले पर्सिसम्म सक्ने लक्ष राखेका थियौँ, अब सडक भोलि नै खुल्छ, भोलि बिहानबाट खुल्छ वा दिउँसो खुल्छ त्यति मात्र हो, सडक भोलि नै खुल्छ’, उनले भने ।
सो सडकको सिन्धुलीतर्फ नेपालथोक र वर्षे खोलामा रोशीले कटान गरेको करिब एक किलोमिटर सडकमा डाइभर्सन निर्माणको काम सकिएको छ ।
सिन्धुली खण्डमा काम सकेपछि उपकरणसहितको टोली काभ्रेको माम्ति पुगेको र त्यहाँ डाइभर्सन निर्माणको काम सुरु गएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिए ।
सिन्धुलीको टिमले एक्लै काम गर्दा माम्तिमा डाइभर्सन बनाउन भोलि दिनभरि लाग्ने भएपनि काभ्रेबाट आएको उपकरण सहितको टोलीले समेत काम गर्दा छिटो काम सकिने प्राविधिक टोलीले बताएको छ ।
रोशी खोलमा आएको बाढीले गत वर्ष पनि बिपी राजमार्गमा ठुलो क्षति गरेको थियो । यस वर्ष गतवर्ष बगाएपछि बनाएको अस्थायी डाइभर्सनका साथै थप सडकमा समेत क्षति पु¥याएको छ ।
प्रतिक्रिया दिनुहोस्