
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपदग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बिहीबार संकटको समयमा वितरण गरिने पिउने पानी, खाद्यान्न स्तरहिन भए विपदग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वितरण गरिने खाद्यान्न र लत्ता-कपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गर्नुभएकाे छ। मिनिरल वाटर वितरण गरेपनि विपदग्रस्त क्षेत्रमा पिउने पानी उमालेर प्रयोग गर्नुपर्न सन्देश पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘यहाँहरुले मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुभएन भने अबको एक÷दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहींअनुसारको निर्देशन दिनुहोस् । नत्र भने पानी प्रदुषण भएकै कारणले हैजा, झाडापाखाला, टाईफाईड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहन्छ । त्यसकारण यस कुरामा संवेदनशील रहनुहोला । अर्को, खानेकुरामा पनि पनि सचेत रहन आवश्यक छ । ताजा खानेकुरा बनाएर दियो भने सबैभन्दा राम्रो । यदि त्यो सकिएन भने जङ्कफुडहरु दिएर भोलिको दिनमा बिरामी बढाउने काम विपद्को बेलामा हतारमा दिनुछ भनेर नगर्नुहोस् । तयारी खानेकुरमा म्याद हेरेर मात्र वितरण गर्नुहोस् । म्याद गुज्रिएको खानेकुरा छ भने त्यसले भोलिको दिनमा अर्को महामारी फैल्याउन सक्छ ।’
डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दुषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो ।पठाएका छौँ । आफ्नो अुनकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्