Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


पाकिस्तानमा ३ महिनामा आतंकवादी आक्रमणमा परी ९ सय बढीको मृत्यु,६ सय घाइते


403
Shares

एजेन्सी । पाकिस्तानमा पछिल्लो ३ महिनामा आतंकवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि ९ सय १ जनाको मृत्यु भएको छ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सीआरएसएस)ले जारी गरेको नयाँ प्रतिवेदन अनुसार पाकिस्तानमा पछिल्लो ३ महिनामा ९ सय १ जनाको मृत्यु भएको हाे। गत जुलाईदेखि सेप्टेम्बरसम्म ३ सय २९ हिंसाका घटनामा ९ सय १ जनाको मृत्यु र ५ सय ९९ जना घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ। याे गत ३ महिनाको तुलनामा ४६ प्रतिशत भन्दा बढी हो ।

यस वर्ष अहिलेसम्म पाकिस्तानमा २ हजार ४ सय १४ जनाको मृत्यु भइसकेको छ । यो गत वर्षको सम्पूर्ण वार्षिक मृत्यु भन्दा लगभग बराबर छ । सन् २०२५ मा अझै ३ महिना बाँकी रहेका कारण विज्ञहरूले यसलाई एक दशकमा सबै भन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने भविष्यवाणी गरेका हुन् ।

सीआरएसएसको प्रतिवेदनले पाकिस्तानको बिग्रिंदै गएको सुरक्षा अवस्थाको गम्भीर चित्रण गरेको छ । यदि हालको प्रवृत्ति यस्तै रह्यो भने सन् २०२५ एक दशकमा पाकिस्तानको सबै भन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने सम्भावना छ ।