
काठमाडौं ।
देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । आंशिक बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
कोसी र मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव छ । बाँकी भूभागमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्