
जनकपुरधाम। कोजाग्रत पूर्णिमा मिथिलाञ्चलमा मनाइएकाे छ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको हाे । महोत्तरीको रतौलीका स्व. महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीता-रामको चुमाओन गर्ने परम्परा रहेको छ ।
पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम-माता जानकीको कपड़ा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ५१ वर्षदेखि चल्दै आइरहेको र यो परम्परालाई कहिले टुट्न नदिने प्रतिवद्धता नविन ठाकुरले व्यक्त गर्नुभयो।
कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन किर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
यता कोजाग्रत पूर्णिमाका नवविवाहित पुरुष र महिलाका लागि यो पर्व विशेष उत्सवको रुपमा रहन्छ । आजको दिन बेहुलाको घरमा ससुरालीबाट पाहुर आउने गर्दछ । सोही पाहुरले बेहुलाको चुमाओन गरिन्छ । चुमाओन पछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुरवाच्छत दिईने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोज-भतेरको आयोजना गर्ने गरिन्छ ।
कोजाग्रत पूर्णिमा दिन मिथिलाञ्चलमा पान मखान गाउँमा बाँड्ने परम्परा समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्