Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


बालेन शाह र सुदन गुरूङविरूद्ध जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरीमा पुग्याे


1.6k
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दावी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली मंगलबार प्रहरी परिसर पुगेको हो । यसअघि मंगलबार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै संयोजक गुरुङ समूहका जेनजीले निवेदन दिएका छन् । प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको बताएको छ ।

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमने-सामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले बताएकाे हाे।