Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बालेन र सुदनविरूद्ध किटानी जाहेरी गर्न प्रहरीमा जाँदै


3.4k
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार नै जाहेरी दिन जाने अनेरास्ववियुले जनाएकाे हाे । अनेरास्ववियुले तोड्फोड-आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेकाे छ ।

गत भदाै २४ गते भदौमा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोड्फोड र आगजनी भएको थियो ।