Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सभामुख घिमिरेले दिए सरकारलाई धन्यवाद: ‘प्राकृतिक विपदमा सरकारले खेलेको भूमिका सकारात्मक’


2.6k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले यहि असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक रहेकाे बताउदै धन्यवाद दिनुभएकाे छ।

सभामुख घिमिरेले आइतबार एक अपिल पत्र जारी गर्दै सरकारलाई धन्यवाद दिनुभएकाे हाे । विभिन्न स्थानहरूमा आएको बाढीर-पहिरोले जनधनको ठूलो क्षतिप्रति दुःखी र मर्माहत भएको र विपदका कारण प्रभावित नागरिकहरूप्रति उहाँले सहानुभूति प्रकट गर्नुभएकाे छ।

‘सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु जारी अपीलमा भनिएकाे छ।’

उहाँले यस चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्ने हो भने मात्र विपद्लाई पार गर्न सकिने पनि स्मरण गर्नुभयाे। साथै राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा सभामुख घिमिरेले अपील समेत गर्नुभएकाे छ।