Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


भारतमा बाढी-पहिरोमा परी २० जनाको मृत्यु


429
Shares

एजेन्सी। उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २० जनाको मृत्यु भएकाे छ।

गत राति दार्जिलिङ पहाडमा आएको भीषण आँधी-वर्षाका कारण उनीहरूकाे मृत्यु भएकाे हाे। पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षाले ३ सय मिलिमिटर (१२ इन्च) भन्दा बढी वर्षा हुँदा नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ।

भारी वर्षाको भेलले पुलहरू भत्काइदिनुका साथै सडकहरू समेत ध्वस्त बनाएकाे क्षेत्रका सांसदले आइतबार जानकारी दिएका हुन् ।