
काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ ।
साेही आयोजनाबाट उत्पादन हुने १ सय ५ दशमलव ४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, जोगमाइखोला र तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको हो ।
त्यस्तै, पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन ५ हाइड्रो पावर मध्ये ४ वटाको उत्पादन डिले हुने मन्त्रालयले जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १ सय ५ दशमलव४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द भएको जनाएको छ ।
त्यसैगरी निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्याएको इप्पानले जनाएकाे हाे।

प्रतिक्रिया दिनुहोस्