
काठमाडाैं। नेपाल प्रहरीले विपद प्रतिकार्यका लागि देशैभरी २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ।
सिंहदरबारमा आइतबार नेपाल प्रहरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै साेही जनशक्ति परिचालन गरिएको जानकारी गराउनुभएकाे हाे। विपद व्यवस्थापन कार्यालयहरु, मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट यो संख्यामा जनशक्ति परिचालित रहेको उहाँले बताउनुभयो ।
कोशी प्रदेशमा हाल पनि अवस्थालाई मध्यनजर गरी संयुक्त रुपमा परिचालित भइरहेको उहाँकाे भनाइ छ।काठमाडौंमा मात्रै शनिबार १ सय ३० जना प्रहरी परिचालन भएको र १५-१५ जनाको टोलीले र्याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै केन्द्रित गरेर काम गरेको उहाँले बताउनुभयो ।
विपद व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरुमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकूलताको समयमा परिचालित भइरहेको समेत उहाँकाे भनाइ छ।इलाममा गएको पहिरोमा पुरिएका, बेपत्ता भएका मानिसहरुको खोजतलास जारी रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्