
काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ ।
वर्षा रोकिएसँगै आइतबार बिहानैदेखि काठमाडौं जनजीवन सामान्य बन्दै गएको हाे । नदीहरुमा पानीको बहाव केही कम भएता पनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती र विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले जनाएकाे हाे । काठमाडौंको बागमती नदीमा अझै बाढी आइरहेको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभरीको जनजीवन कष्टकर बनेको थियो । आइतबारदेखि मौसममा सफा भएकाे छ । आइतबार साँझदेखि देशैभरीकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगाहरु पुलमा अड्किँदा पानी थुनिएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीले नदीहरुबाट गेग्रान-बगाएर ल्याएका रुखहरु झिक्ने थुनिएको पानी खोल्ने काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्