Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


वर्षाकाे वितण्डा: देशैभरी भाेलि र पर्सी सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (सूचनासहित)


1.2k
Shares

काठमाडौं । सरकारले देशैभरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै यस्ताे निर्णय गरेकाे हाे। देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको जारी सूचनामा उल्लेख गरिएकाे छ।

मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको हाे। त्यस्ता सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

दशैं बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै समयमा दुई दिन बिदा थप गरिएको हो ।

Skip This