Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


विपद जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालकाे निर्देशन


728
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद जोखिम व्यवस्थापन र न्यूनिकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे छ।

उहाँले नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण गर्दै यस्तो निर्देशन दिनुभएकाे हाे।गृहमन्त्री अर्यालले विपद सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद उद्धार सामाग्री भण्डारको अवलोकन गर्नुका साथै त्यससम्बन्धी गतिविधि बारेमा जानकारी लिनुभएकाे थियाे ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा बाेल्दै गृहमन्त्री अर्यालले सीमित स्रोत-साधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयाे।


सम्भावित विपदकाे जोखिमबाट हुन सक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै समयमा पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन समेत उहाँले निर्देशन दिनुभएकाे छ ।