Logo १७ आश्विन २०८२, शुक्रबार | Fri Oct 3 2025


नेपाल र मलेसियाबीचकाे दाेस्राे खेल भाेलि हुने


585
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग टी-२० सिरिजको दोस्रो खेल शनिबार हुने भएकाे छ ।

मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न भएकाे पहिलाे खेलमा मलेसियासँग ३ रनले नेपाल पराजित भएको थियाे । नेपालले शनिबार दोस्रो खेल खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले मलेसियासँग ५ वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने जनाएकाे छ ।

थप ३ खेल यहिअसोज १९, २१ र २२ गते हुने भएका छन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिज अगाडि मलेसियामा केही अभ्यास खेल खेलेको थियो ।