
काठमाडाैं । देशैभरी बिहीबार नेपालीहरुको महान पर्व विजया दशमी मनाउने क्रम जारी रहेकाे छ।
नेपालीहरुले बिहीबारदेखि पूर्णिमासम्म ठूला-बडा र मान्यजनको हातबाट टीका र आशिर्वाद थापेर मनाउने गर्दछन् । तर बडा दशैंको टीकाकै दिन रोजगारीको लागि व्यवसायिक काम र अन्य कामले विदेश जानुपर्नेहरुको पीडा फरक छ ।
रोजगारीको सिलसिलामा विदेश जाने सयाैं युवा-युवतीहरु बिहीबार मनमा पीडा र गहभरी आँशु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशिएका छन् । परिवार र आफ्ननो भविष्य बनाउनका लागि र अर्को दशैं राम्रो बनाउनका लागि विदेश जाँदैछन् ।
नेपालीहरुकाे मुख्य पर्व बडा दशैंमा आफ्ना छाेराछाेरीहरुले घर छाेडेर विदेश जाँदा बुबा र आमालाई कति पीडा भएकाे हाेला ?
प्रतिक्रिया दिनुहोस्