Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


वर्तमान सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछः मन्त्री घिसिङ

३ दिनसम्म अत्याधिक वर्षा हुने भएका कारण शतर्कताका साथ यात्रा गर्न आग्रह

819
Shares

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको ३ दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको बताउदै शतर्कताका साथ यात्रा गर्न आग्रह गर्नुभएको छ ।

वीपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएकाे हाे । मन्त्री घिसिङले बुधबार वीपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्नुभएको थियो । जसमा गत वर्षको बाढी र पहिरोले धेरै क्षति पुर्याएको र अहिलेसम्म पनि पुल-सडक नबनेकाले अब नयाँ अध्ययन गरेर काम अघि बढाइने र छिटो काम सम्पन्न गर्नेगरी अघि बढ्ने बताउनु भयो । अब आगामी हिउँददेखि वीपी राजमार्गको सडक बनाउन शुरु गरिने उहाँकाे भनाइ छ।

सरकार अफ्ठ्यारो स्थितिमा रहेको बताउदै उहाँले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारको चुनौती रहेको बताउनुभयो । वर्तमान सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने उहाँकाे दावी छ। आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे। छोटो समयमा धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था रहेको समेत मन्त्री घिसिङले बताउनुभएकाे छ।

उहाँले भन्नुभयो,-‘विपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा धेरै ठूलो पानी पर्ने भन्ने पूर्वानुमान छ। त्यसले सबैले यात्रालाई सुरक्षित हिसावले शतर्कतासाथ गर्नुहोला । नेपाल सरकारले गर्नुपर्ने काम टेण्डर भइसकेको छ । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन छिटो भन्दा छिटो गरेर पहिलाकै अवस्थामा ल्याउन पहल गर्नेछौँ । पक्की पुलहरु पनि गत सालको बाढीले बगाएको अवस्था छ । कसरी त्यसको विकल्प दिने र पक्की पुल कसरी बनाउने र कहाँ बनाउने भन्ने निरीक्षणमा हामी छौं । रोशी खोलाको बेलिब्रिज भत्किएको अवस्था रहेछ, कसरी त्यसलाई सुचारु गर्ने भन्नेमा सोचिरहेका छौं। धेरै जाम नहोस् भनेर निरीक्षणका लागि आएका हौं । वीपी हाइवे र मध्यपहाडी हाइवेमा जोड्ने पुलहरुको अवस्था खैरहनी घाटको पुल गत सालको बाढीले बगाएको थियो । त्यसलाई बेलिब्रिज कसरी तत्काल बनाउने भनेर अध्ययन गरेर अघि बढाउँछाैं ।’

मन्त्री घिसिङले अब देशभरकै लामो समयसम्म सम्पन्न नभएका सडक, पुलका ठेक्का तोडेर नयाँ ठेक्क लगाइने बताउनुभयो । मरिन डाइभर्सनको बारेमा धेरै छलफल भएको, कन्ट्याक्टरसँग धेरै चरणको छलफल भएको र कसरी सम्पन्न गर्न सकिन्छ भनेर निश्चित समयावधिअनुसार योजना बनाएर ल्याउन समेत उहाँले आग्रह गरेको बताउनुभएकाे छ।