Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


जीवित देवीले स्थानीवासीलाई दशैंकाे टीका लगाउने क्रम जारी


312
Shares

काठमाडाैं । भक्तपुरको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीले स्थानीयलाई टीका लगाइदिएकी छन्।

साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका हुन् । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले आफूहरूले जीवित देवीबाट टीका लगाएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको बताउनुभयाे । अहिले स्थानीय बालदेखि वृद्धसम्मले टीका लगाइरहेका छन् ।

यसैबीच, फूलपातीका दिन दशैंघरमा ल्याइएका तलेजु भवानीसहितका देवीदेवताका प्रतिमालाई पुजारीहरूले देवगृहमा स्थापित गरेका हुन् ।