Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


पर्यटकले भरिभराउ हुने मनाङ, यस वर्ष भने सुनसान


494
Shares

काठमाडाैं । विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुने हिमाली जिल्ला मनाङमा यो वर्ष सुनसान देखिएको छ ।

असोजको पहिलो सातादेखि पर्यटकले भरिने मनाङमा यसपालि पर्यटक नआउँदा सुनसान देखिएको हो । विदेशी पर्यटक आगमनको हिसाबले विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे ।

तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यसवर्ष सुनसान छ । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यसवर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको स्थानीय बताएका छन्। पर्यटकले विस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान भएको उनीहरुकाे भनाइ थियाे । विशेष गरी जेनजीको आन्दोलनको प्रभावका साथै मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौंदेखि बेंसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँ-ठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ ।

चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइका कारण पनि सुनसान बनेको हाे ।