Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न मन्त्री घिसिङको निर्देशन

यात्रुलाई अनावश्यक दुःख दिएर चाड-पर्वलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न आग्रह

689
Shares

काठमाडाैं। भाैतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादर भन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्ने बताउनुभएको छ ।

चाडबाडको मौका छोपेर कानून विपरित बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासो यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । देशको विषम परिस्थितमा यातायात व्यवसायी लगायतका सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा मन्त्री घिसिङको जोड रहेको छ ।

यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडादर भन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभएको हाे। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न पनि मन्त्री घिसिङले आग्रह गर्नुभएकाे छ।