Logo १३ आश्विन २०८२, सोमबार | Mon Sep 29 2025


काष्ठमण्डप नजिक भीषण आगलागी, तीन घर र मन्दिर जले


598
Shares

काठमाडौं ।
काठमाडौंको काष्ठमण्डप नजिकैकाे घरहरुमा भीषण आगलागी भएको छ । आज बिहान ३ बजेदेखि आगलागी सुरु भएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।