Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


नेपाली बजारमा सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


0
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ।

छापावाला आइतबार सुन प्रतिताेला २ लाख २३ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३ सय ६० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आइतबार २ हजार ८ सय १० रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलामा २ हजार ७ सय ४० रुपैयाँमा काराेबार भएको भएकाे थियाे।