एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि विदेशी वस्तुहरुको आयातमा कर बढाउने आदेश जारी गर्नुभएको छ ।
आगामी अक्टोबर १ देखि लागू हुने गरी जारी गरिएको कर आदेशमा विदेशबाट आयात हुने औषधी, किचन तथा वाथरुम सामग्री, फर्निचरलगायत रहेका छन् ।
राष्ट्रपति ट्रम्पले गएराती जारी गरेको आदेश अनुसार विदेशबाट आयात हुने फर्मास्युटिकल्समा शत प्रतिशत कर लगाइने छ । यस्तै किचन क्याविनेटमा र वाथरुम सामग्रीमा ५० प्रतिशत कर लगाइने छ भने फर्निचरमा ३० प्रतिशत कर लगाइने छ । यस्तै ठूला ट्रकहरुको आयातमा २५ प्रतिशत कर लगाइने छ ।
अमेरिकाभित्रै औषधी उत्पादन गर्न कारखाना बनाईरहेका कम्पनीका औषधीमा भने कर छुट हुने छ । अमेरिकी उद्योगहरुलाई विदेशी सस्ता सामग्रीबाट जोगाउन कर बढाउनु परेको राष्ट्रपति ट्रम्पको तर्क रहेको छ ।





प्रतिक्रिया दिनुहोस्