Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नारायणगढ-मुग्लिन सडक ५४ घण्टा अवरुद्धपछि पुनः सञ्चालनमा


1.1k
Shares

काठमाडौँ ।

नारायणगढ-मुग्लिन सडक ५४ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन (करिब ५४ घण्टा) पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएको हो ।

भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

गत मंगलबार दिउँसो ४ः५५ बजे ठुलो पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। सोही क्षेत्रमा यसअघि पनि शुक्रबार साँझ पहिरो जाँदा सडक करिब ४५ घण्टा ठप्प भएको थियो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।