
एजेन्सी ।
भारतमा माओवादी र प्रहरीबीच भएको भीडन्तमा मओवादीका दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोही मारिएका छन् ।
झारखण्ड र छत्तीसगढमा प्रहरी र माओवादीबीच भएको गोली हानाहानमा उनीहरु मारिएको अधिकारीहरुले पुष्टि गरेका हुन् । गत हप्ता छापामारहरूले एकतर्फी लडाइँ रोक्ने घोषणा गरेयता यो नै पहिलो ठूलो आक्रमण भएको भारतीय सुरक्षा बलले जनाएको छ ।
जनमुक्ति परिषद् जेजेएमपी का तीन सदस्य सुरक्षाकर्मीसँगको गोलीवारीमा मारिएका प्रहरी महानिरीक्षक माइकलराज एसले जानकारी दिएका हुन् ।
भारतको केन्द्र सरकारले दशकौँ लामो द्वन्द्वलाई दबाउन चौतर्फी आक्रमण सुरु गरेकोे छ । प्रहरीले सन् २०२६ मार्च महिनासम्ममा माओवादी विद्रोहलाई समाप्त पार्ने दावी गदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्