Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


काठमाडौंमा बडा-दशैंमा फोहोर संकलन नगर्ने महानगरकाे निर्णय (सूचनासहित)


13.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा फोहोर संकलन नगर्ने भएको छ ।

नेपालीहरूको महान पर्व बडादशैंकाे अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूआफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थल समेत बन्द रहने भएका कारण महानगरले यहि असोज १४, १५ र १६ गते फोहोरमैला संकलन नगरिने जानकारी गराएको हो ।

महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै ३ दिन नागरिकहरूलाई आफ्नो घरबाट उत्सर्जन हुने फोहोर-मैलालाई स्रोतमै पृथकीकरण गरी सुरक्षित तवरले राख्न विशेष आग्रह समेत गरेको छ । साेही अवधिमा जथाभावी सडकमा वा सार्वजनिक स्थानहरूमा फोहोर नफाल्न समेत महानगरले अनुरोध गरेको छ ।

असोज १७ गतेदेखि भने नियमित रूपमा फोहोर-मैला संलन गरिने जारी सूचनामा भनिएकाे छ ।