
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।
काठमाडौं महानगरका स्वास्थ्य विभागले मंगलबार पहिलो चरणमा देशैभरीका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेकाे जनाएकाे हाे । एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधा सम्पन्न एम्बुलेन्स वितरण गरिएकाे जनाइएकाे छ ।
एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाएर स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिएको महानगरले जनाएको हाे ।
प्रतिक्रिया दिनुहोस्