Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


पूर्वमन्त्री टोपबहादुर रायमाझी सुन्धारा कारागार फर्किए


2.1k
Shares

काठमाडौँ ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ सुन्धारा कारागार फर्किएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफैँ कारागार फर्किएको सुन्धारा कारागार प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए।

तर सोही प्रकरणमा रहेका पूर्वगृहमन्त्री सचिव टेकनारायण पाण्डे भने अझै फर्किएका छैनन्। यसैबीच सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पनि बुधबार कारागार फर्किएको कारागार प्रमुखले बताए।