Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


दसैं मनाउन जाँदै गरेका दाजुभाइलाई ट्रकले ठक्कर दिँदा भाइको मृत्यु दाइ गम्भीर घाइते


637
Shares

काठमाडाैं ।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ पाडुलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भाइको मृत्यु भएको छ भने दाइ गम्भीर घाइते भएका छन्।

दसैँ मनाउन अछाम जाँदै गरेका बाँके कोहलपुर–२ प्रेमनगरका १८ वर्षीय ऋतिक शाहीको उपचारका क्रममा प्रादेशिक अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार अछाम पञ्चदेवल–४ का १९ वर्षीय दमन शाही गम्भीर घाइते भएका छन्। उनको टाउँको, खुट्टा र हातमा चोट लागेकाले थप उपचारका लागि लखनउ रेफर गरिएको छ।

मृतक र घाइते दाजुभाइ काका–ठूला बुवाका छोरा हुन्। प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

Skip This