Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


सञ्चारमन्त्री खरेलले कर्मचारीले ल्याएको निर्णयमा हस्ताक्षर गर्न मानेनन्, अर्को प्रस्ताव ल्याउन निर्देशन


27.6k
Shares

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि साेमबार कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मान्नुभएन ।

उहाँले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिनुभएकाे हाे । उहाँले अर्को प्रस्ताव ल्याउन खरेलले ५ मिनेटको समय दिनुभएकाे छ । खरेलको निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् ।

मन्त्रालयकी सचिवले छापाखाना सम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशनपछि अहिले सचिव लगायतको मन्त्रालयको अधिकारीको टीम छलफल गरिरहेकाे छ ।