
एजेन्सी । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ जना इजरायली कैदीबन्दीहरूको बिदाई तस्बिर सार्वजनिक गरेको छ ।
इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणका कारण गाजा क्षेत्रमा राखिएका कैदीबन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले दावी गरेको हाे । सञ्चार संस्था अल जजिराले इजरायली सेनाले घेरिएको क्षेत्रको सबै भन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको समयमा हमासले यो बिदाई तस्बिर सार्वजनिक गरेको हो ।
कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ। तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सन गरिएको थियो । जसले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउने अल जजिराले उल्लेख गरेकाे छ ।
अराडको एफ-फोर फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा छिटै नै बम विस्फोट हुँदा क्षतिग्रस्त भएको थियो । उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो।
प्रतिक्रिया दिनुहोस्