
काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत भदौ २३ र २४ गते भएको जेनजी युवानकाे आन्दोलनका घटनासहित त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गर्नुभएकाे छ ।
नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरी घटनाको गहिरो अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानूनी कारबाही गर्न सरकारले आँट गर्नुपर्ने उहाँकाे भनाइ थियाे । आन्दोलनको नाममा भएको अराजकताकाे बारेमा सबैले समीक्षा गर्नुपर्ने आवश्यकता रहेकाे समेत उहाँले बताउनुभएकाे छ । जेनजी युवकाे आन्दाेलनका कारण मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी सिर्जना भएको उहाँले बताउनुभयाे ।
मुख्यमन्त्री आचार्यले विषम परिस्थितिको सामना गर्न पार्टीका संरचना र नागरिकस्तरमा सहकार्य आवश्यक रहेको समेत बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्