
काठमाडाैं । इजरायली सेनाले इजरायली सुरक्षा एजेन्सीसँगको समन्वयमा गाजा पट्टीमा आक्रमण गरेकाे छ ।
सेनाले शुक्रबार जारी गरेकाे विज्ञप्ति अनुसार उत्तरी गाजा पट्टीमा कार्यरत सेनाले हवाई आक्रमणको निर्देशन दिएको थियो । साेही आक्रमणमा परी हमासको बुरेइज बटालियनका सैन्य गुप्तचर उपप्रमुख सिम महमूद युसुफ अबु अलखिरको मृत्यु भएको छ ।
सेनाले अबु अलखिर इजरायली सेना विरुद्ध आक्रमणको योजना र कार्यान्वयनमा संलग्न रहेको आरोप लगाएको हाे। गत २४ घण्टामा इजरायली सेनाले गाजा शहर, खान युनिस र रफाह लगायत गाजामा कारबाही जारी राखेको छ । सेनाले साेही अवधिमा १० जना भन्दा बढी लडाकुकाे मार्नुका साथै हतियार समेत कब्जा गरेको जनाइएकाे छ ।
अधिकांश सैन्य पूर्वाधार स्थलहरू ध्वस्त पारेको समेत उल्लेख गरिएको छ । हमासले आक्रमणको बारेमा कुनै पनि प्रतिक्रिया दिएकाे छैन ।
प्रतिक्रिया दिनुहोस्