Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


जेनजी आन्दाेलन: मृतककाे संख्या ७४ जना पुग्याे, सयाैं घाइते

कोटेश्वरकाे भाटभटेनीमा पनि एक जनाकाे शव फेला

442
Shares

काठमाडौं । कोटेश्वरमा रहेकाे भाटभटेनी सुपरमार्केटमा पनि जलेकाे अवस्थामा एक जनाकाे शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार एक जनाकाे शव जलेकाे अवस्थामा भेटिएको जनाएकाे हाे । शरीर पूरै जलेको अवस्थामा शव भेटिएका कारण त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी युवाकाे आन्दाेलनका क्रममा मृत्यु हुनेहरूको संख्या ७४ जना पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो । साेही आन्दाेलनका क्रममा सयाैं घाइते भएका छन् ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट जलेकाे अवस्थामा ७ वटा शव भेटिएको थियो। अस्थिपञ्जरको रूपमा भेटिएका साेही शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । साेही शवको पनि पहिचान भने अझै हुन नसकेकाे अस्पतालले जनाएकाे हाे ।