Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


मुग्लिन–नारायणगढ सडक अवरुद्ध


247
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ ।

बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकमा रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा बसेर पहिरो पन्साउन सहयोग गरिदिन आग्रह गरिएको छ । लेन अनुशासन सवारीचालकले नमान्दा पहिरो हटाउन गएका डोजरलगायत उपकरण नै जाममा परेको कार्यालयले जनाएको छ ।