
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेको बताउनुभएकाे छ।
उपाध्यक्ष घिमिरेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएकाे हाे । साथै उहाँले यहि भदौ २३ र २४ गते घटेका घटनाहरूको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताउनुभयाे ।
उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त समेत गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्