
काठमाडौं । जेनजी आन्दाेलनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि साेमबार २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयले जनाएकाे हाे । यहि भदौ २३ र २४ गते आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।
शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी रहेकाे छ । ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान खुलेको छैन ।
मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । कस्तो प्रकारको सम्मान दिने भन्ने बारेमा मन्त्रिपरिषद बैठकबाट निर्णय गरिने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे।
मन्त्री अर्यालले प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको बताउनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्