
काठमाडौं । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदभार ग्रहण गर्नुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएपछि सिंहदरबार साेमबार प्रवेश गरेपछि उहाँले जेनजी आन्दोलनसँग सम्बन्धित निर्णय गर्नुभएकाे हाे । यहि भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएका ७२ जना मृतकका परिवारलाई काजकिरियाका लागि १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने उहाँले निर्णय गर्नुभयाे ।
मन्त्री अर्यालले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णयसहित साेही समयमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको समेत बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्