
काठममाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।
आइतबारकाे तुलनामा साेमबार छापावाला सुन प्रतितोला १ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे। सुन सोमबार ताेलामा २ लाख १५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेकाे हो। आइतबार सुन प्रतितोला २ लाख १५ हजार १ सय रूपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको छ। चाँदी ताेलामा सोमबार २ हजार ५ सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे हाे ।आइतबार चाँदी तोलाको २ हजार ५ सय ७० रूपैयाँमा कारोबार भएको थियाे ।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुनप्रतिऔंस ३ सय ६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे
प्रतिक्रिया दिनुहोस्