
काठमाडौं ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीलाई अमेरिकाले बधाई दिएको छ। नेपालस्थित दूतावासमार्फत जारी गरेको बधाई सन्देशमा गत हप्ताको दुखद घटनापछि शान्तिपूर्ण समाधानप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरिएको छ ।
दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानप्रति देखाएको प्रतिबद्धताको लागि सम्मान व्यक्त गरेको छ। साथै, नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलले शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापना गर्न खेलेको महत्वपूर्ण भूमिकाको पनि कदर गरिएको छ।
सन्देशमा भनिएको छ, ‘अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं।’

प्रतिक्रिया दिनुहोस्