Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


दशैं अग्रिम टिकट बुकिङबारे आज निर्णय हुँदै


234
Shares

काठमाडाैं । काठमाडौंबाट दशैंका लागि घर फर्किने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ कहिले खोल्ने भन्नेबारे आज छलफल हुँदैछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायत सरोकारवालाबीच बैठक बस्न लागेकाे हाे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार हालको वर्षा, शान्ति सुरक्षा अवस्था र जेनजी आन्दोलनपछिको स्थिति विश्लेषण गरेर निर्णय गरिनेछ।

सिटौलाले भने, ‘यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भयो भने व्यवसायीहरू अग्रिम टिकट बुकिङ खुलाउन तयार छन्।’ यस वर्ष दशैंको टीका असोज १६ गते परेको छ।