Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


रवि लामिछाने नख्खु कारागार फर्किए


4.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार अहिले उनी कागजी प्रक्रिया मिलाइरहेका छन्।

भदौ २४ गते आन्दोलनकै क्रममा कारागार प्रशासनले सुरक्षा चुनौती भन्दै उनलाई बाहिर निकालेको थियो। त्यसपछि कारागारभित्र आगजनी भयो र कैदीबन्दीहरू समेत फरार भए। अहिले देशभर १० हजारभन्दा बढी कैदी कारागार बाहिर रहेको अनुमान छ।

कारागार विभाग र प्रहरीको आग्रहपछि लामिछाने शनिबार साँझ कारागार फर्किएका हुन्।