Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


शेखर गोल्छा भन्छन्- व्यवसायीमाथि वीभत्स आक्रमण भएपनि विचलित भएको छैन


2.7k
Shares

काठमाडाैं । सफल उद्यमी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको ‘नयाँ नेपाल’ को सपना पुरा होस् भन्ने शुभकामना व्यक्त गर्दै व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफू निरास वा विचलित नभएको बताएका छन् ।

परिवारले लोकतन्त्र अझ सुदृढ होस् र देश सकारात्मक दिशातर्फ अघि बढोस् भन्ने कामना गर्दै आफूहरू अझ सशक्त रूपमा रोजगारी सिर्जना गर्न तथा लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाएका छन्। “अन्धकार पछिको उज्यालोले सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझ बल मिलोस्,” परिवारले वक्तव्यमार्फत प्रष्ट पारेका छन्।

उनले लेखेका छन्- देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् ।
केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु । अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् 🙏अर्हं

Skip This