Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


जंगी अड्डामा आज निर्णायक वार्ता


0
Shares

काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा आज पनि वार्ता हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको हो । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने अनुमान छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग आज बिहानैदेखि छलफल गर्ने तयारी भईरहेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो ।

युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो । प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले हिजो जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गर्नुभएको थियो ।