
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
बिहिबार बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको सेनाले जानकारी दिएको छ ।
बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले आज बिहान मात्र डिस्पोज गरेको थियो ।
बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रातभर बमलाई नेपाली सेनाले घेरा हालेर सुरक्षित गरेको थियो । बनेपामा डेट एक्सपायर भएका ८ वटा सकेट बम फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्