Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


रामेछाप कारागारमा तनाव : कैदीबन्दीमाथि गोली प्रहार, २ को मृत्यु, १२ घाइते


0
Shares

काठमाडौं ।

रामेछापस्थित जिल्ला कारागारमा बिहिबार कैदीबन्दीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले गोली चलाएका छन्।

गोली लागेर २ जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रदर्शनको कारण खुलाइएको छैन भने मृतक र घाइतेहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन। घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।