
काठमाडौं । विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान २ सय भन्दा बढी बाल बिजाइँकर्ताहरू फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले गृहमा रहेका कूल २ सय ५५ जना मध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जनाएको हाे । प्रहरीका अनुसार, बाल बिजाइँकर्ताहरूले गृहको मुख्य गेटको साँचाे फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारपछार पार्दै भागेका थिए । सुधारगृहको सुरक्षाका लागि २० जना भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
साेही घटना लगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । हालसम्म फरार भएका मध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई पुनः सुधार गृहभित्र लगिएको हाे । स्थानीय बासीन्दाले फरार भएका बाल बिजाइँकर्ताहरूलाई पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन्
प्रतिक्रिया दिनुहोस्