
काठमाडौं । जेनजी प्रदर्शनकारीले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीमा रहेकाेगरेका छन् ।
प्रदर्शनकारीले मन्त्री सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् । मन्त्रीसिंह र उहाँको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार मन्त्री सिंह नेपाली सेनाको सुरक्षामा रहेका छन् ।
आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि प्रदर्शनकारीले सिंह निवासमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । मन्त्री सिंह ठमेलको चाक्सीबारीमा आफ्नाे बुबा निवास गणेशमान सिंहको पालाको हो ।
बुबाले बनाएको सोही घर मर्मत गरी मन्त्री सिंह बस्दै आउनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्