Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


लोकतान्त्रिक समाजवादी पार्टीद्वारा निर्वाचन केन्द्रित थिंक ट्यांक गठन


221
Shares

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी २०८४ को संघीय, प्रादेशिक र स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै थिंक ट्यांक गठन गरेको छ।

समितिको संयोजक महासचिव विमल केडिया रहेका छन् भने प्रमुख सल्लाहकारमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल छन्।

थिंक ट्यांकमा उपेन्द्र महतो, विनोद कुमार सिंह, ई. ज्ञानेन्द्र झा, रुपा यादव, सन्तोष कुमार पाण्डेय, मो. इस्लाम र सदस्य छन्।

पार्टीका अनुसार थिंक ट्यांकले महाधिवेशन तयारी, संगठन विस्तार, राजनीतिक समन्वय र सञ्चारसँगको सम्बन्ध सुदृढीकरणमा भूमिका खेल्नेछ।